अपडेट 
२०७७ भाद्र २९, सोमबार ११:१७

जिल्ला प्रशासन कार्यालयले धनुषा जिल्लाभर आजदेखि जोरबिजोर प्रणाली सुरु भएको हो । त्यस अनुसार, आज बिजोर नम्बरका सवारी साधन मात्र चल्ने भएको छ ।

सोमबार २९ गते परेकोले बिजोर नम्बर भएका गाडीहरु मात्र सँचालन गर्न पाउने भएको छ । मँगलबार ३० गते भने जोर नम्बर भएका गाडी मात्र सँचालन गर्न पाउने भएको छ भने अर्को सूचना नआउन्जेलसम्म सोही अनुसार बिजोर गतेमा बिजोर गाडी नम्बरको गाडी र जोर मितिमा जोर गाडी नम्बरको गाडी चलाउन पाउनेछ ।

यसअघि देशको राजधानी काठमान्डौंमा मात्र सवारी साधन सँचालनमा जोर बिजोर प्रणाली लागू भएकोमा आईतबार जिल्ला प्रशासन कार्यालय धनुषा र सिडिओ प्रेमराज सँजेलको तर्फबाट जारी भएको सूचनामा सोमबारदेखि जनकपुरमा पनि जोर बिजोर सवारी मात्र सँचालन गर्न पाउने उल्लेख गरिएको छ ।

Comment


Related News

Latest News

Trending News