अपडेट 
२०७७ भाद्र २९, सोमबार ११:५२

जिल्लामा कोरोना भाइरस संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । कर्जन्हा नगरपालिका–३ बन्दिपुर घर भएकी ३३ वर्षीया महिलाको मृत्यु भएको हो ।

लामो समदेखि ज्वरो आइरहेकी उनी काब्या अस्पताल जनकपुरमा भर्ना भएकी थिइन् । अस्पतालमै पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पताल जनकपुरमा सारिएको थियो ।

उपचारकै क्रममा उनको आइतबार साँझ ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ कार्यलाय सिरहाका प्रमुख कृष्ण देव यादवले जानकारी दिनुभएको छ । योसँगै सिरहामा करोना भइरसबाट मृत्युु हुनेको सख्या ११ पुगेको जिल्ला स्वास्थ कार्यलाय सिरहाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News