अपडेट 
२०७७ भाद्र ३०, मंगलवार १४:१८

पर्सा : सांसदसहितको सुरक्षा निकायको टोलीले पर्साको सिमा नाकाको निरीक्षण गरिएको छ ।

सांंसद प्रदिप यादव, लक्षणलाल कर्ण र सशस्त्र प्रहरी बल प्रदेश २ छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक डीआइजी कृष्ण भक्त ब्रह्मचार्यसहितको सुरक्षा निकायको टोलीले नेपाल–भारत सीमा नाकाको निरीक्षण गरेका हुन् । टोलीले नेपालकै मुख्य प्रवेशद्वार नजिक रहेको नेपाल–भारत सिमानामा जर्जर अवस्थामा रहेको मितेरी पुलको अवलोकन गरेका हुन् । साथै इनर्वा, बलिरामपुर, छपकैया, अलौ लगायतका नाकामा पुगेर त्यहाको अवस्था बारे जानकारी लिएको अनुगमनमा खटेक सुरक्षा टोलिले जानकारी दिएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले सीमा सिल गरेपनी खुला सीमाको कारण भारतबाट नेपालतर्फ मानिसको आवातजावत तथा अवैद्य चोरी पैठारीलाई नियन्त्रण गर्न सुरक्षा निकायका प्रमुखहरु निरीक्षण गरेका हुन् ।

Comment


Related News

Latest News

Trending News