अपडेट 
२०७७ भाद्र ३१, बुधबार ११:५१

भारतमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या ५० लाख नाघेको अधिकारीहरूले बताएका छन्। कोरोना भाइरस महामारीबाट सर्वाधिक प्रभावित देशहरूको सूचीमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ। अरू देशको तुलनामा भारतमा कोभिड(१९ तीव्र गतिमा फैलिरहेको देखिएको छ। त्यहाँ मङ्गलबारसम्म निरन्तर पाँच दिन दैनिक ९० हजारभन्दा बढी सङ्क्रमित फेला परे। कोभिड-१९ का कारणले त्यहाँ ८० हजारभन्दा बढी बिरामीको मृत्यु भइसकेको छ।

त्यहाँ अहिले सघन उपचारका लागि अस्पतालमा शय्या र अक्सिजनको अभाव देखिको बताइन्छ। तर धेरै सङ्क्रमित भए पनि मृतकको सङ्ख्या अतिप्रभावित अरू देशको भन्दा कम छ।
देशको आर्थिक स्थिति बिग्रिन थालेको र लाखौँ मानिसले जीविकोपार्जन गर्न नसकेको भन्दै सरकारले महामारी नियन्त्रणका लागि पहिला लगाइएका बन्देजहरू हटाउन थालेपछि सङ्क्रमण दर ह्वात्तै बढेको हो। सङ्क्रमण देखिन थालेपछि भारतमा गत मार्च महिनामा राष्ट्रव्यापी लकडाउन गरिएको थियो। त्यतिबेला स्थिति असामान्य भइसकेको थिएन।

बिस्तारै मुम्बई र दिल्लीजस्ता ठूला सहर र अन्यत्र पनि सङ्क्रमण फैलियो। तर सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहेको भए पनि सरकारले मानिसहरूको गतिविधिमा लगाइएका प्रतिबन्धहरू खुकुलो बनाएको छ। गत साता मात्र भारतमा छ लाख सङ्क्रमित थपिए। विगत २४ घण्टामा ९०
हजार १२३ जनामा सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको कुल सङ्ख्या ५० लाख २० हजार ३५९ पुगेको छ।

Comment


Related News

Latest News

Trending News