अपडेट 
२०७७ भाद्र ३१, बुधबार १४:१०

दुई नेपाली र दुई विदेशी कम्पनी गरी चार कम्पनीले उत्पादन गरेको ह्याण्ड स्यानिटाइजर गुणस्तरहीन भएको औषधि व्यवस्था विभागले जनाउँदै उक्त ह्याण्ड स्यानिटाइजरहरूको बिक्री वितरणमा रोक लगाएको छ ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार भारतीय कम्पनी आरएल क्रपले उत्पादन गरेको पामाकियर इस्ट्यान्ट ६० एमएलको ह्याण्ड स्यानिटाइजरमा ६६ प्रतिशत इथानोल रहेको, चिनियाँ कम्पनी ओपेकल नन्वासिङ एन्टिब्याक्टेरियल सोलुसनको १२० एमएलको स्यानिटाइजरमा ६० प्रतिशत इथानोल रहेको, ललितपुरमा रहेको सम्पदा हेल्थकेयरले उत्पादन गरेको सासा इस्ट्यान्टको ५० एमएलको ह्याण्ड स्यानिटाइजरमा ३९।३४ प्रतिशत मिथानोल र १३।३८ प्रतिशत इथानोल रहेको र श्रीनाथ हर्बल कस्मेटिक इण्डष्ट्री काठमाडौँले उत्पादन गरेको ६५ एमएलको स्यानिटाइजरमा मिथानोल ५५ प्रतिशतसम्म भेटिएको हो ।

राष्ट्रिय औषधि प्रयोगशालाले बजारमा बिक्री वितरणमा रहेको ह्याण्ड स्यानिटाइजरको नमुना सङ्कलन गरी परीक्षण गर्दा मापदण्डविपरीत विषाक्त रसायन समावेश रहेको पाइएको विभागले जनाएको छ । तत्काल बजारमा बिक्री वितरणमा रोक लगाउन र बजारबाट फिर्ता लैजान निर्देशन दिँदै ती चार कम्पनीका उत्पादन प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको विभागले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News