अपडेट 
२०७७ भाद्र ३१, बुधबार १५:०९

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनः नियुक्तिको मागसहित काठमाडौंको माइतीघरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रहरीले प्रदर्शनकारीहरूलाई हस्तक्षेप गर्दै पानीको फोहोरा हानेको हो । भदौ २८ गते ४ वर्षे कार्यकाल पूरा भएर भदौ २९ गतेदेखि विदाइ भएका घिसिङको पुनः नियुक्ति गर्नुपर्ने भन्दै सडकमा र सामाजिक सञ्जालमा निकै दबाब बढेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञा विपरित प्रदर्शन भएको कारण बल प्रयोग गरिएको प्रहरी प्रशासनको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News