अपडेट 
२०७७ भाद्र ३१, बुधबार १६:११

पूर्वप्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको हिजो मंगलबार निधन भएको शोकमा बिहीबार देशभरका सबै अदालत बन्द हुने भएका छन् ।

सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्व प्रधानन्यायाधीशको निधनमा अदालत शोक विदाका रुपमा एक दिन बन्द गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालत, सबै उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत तथा न्यायाधीकरणहरू शोक विदाको रूपमा बन्द रहने निर्णय भएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।

२०१३ साल जेठ ८ गते नियुक्त भइ २०१६ साल असार १५ गतेसम्म प्रधानन्यायाधीशका रुपमा कार्य गरेका सप्तरीका सिंहको ४४ वर्षको उमेरमा निधन भएको हो ।

Comment


Related News

Latest News

Trending News