अपडेट 
२०७७ आश्विन १, बिहीबार १६:३४

हिरासतमा भएका मृत्यु घटनाहरूको अध्ययन गर्न असोज १ गते प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले उपसमिति गठन गरेको छ ।

आज बसेको बैठकले ५ सदस्यीय उपसमिति गठन गर्दै हिरासतमा भएका मृत्युबारे स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गर्ने छ । समितिका सभापति कृष्णभक्त पोखरेलका अनुसार उपसमितिका सदस्य केही दिनमै चयन गरिने छ । हाल धनुषा, रौतहट र कैलालीमा हिरासतमा रहेका बेला तीन जनाको मृत्यु भएको छ भने विभिन्न घटनाहरूमा दलित समुदायलाई सुनियोजिततवरले पीडित बनाईएको भन्दै जनस्तरमा प्रहरी प्रसाशनको बिरोध भइरहेको छ ।

धनुषा, रौतहट र कैलालीमा हिरासतमा रहेका बेला तीन जनाको मृत्यु भएको घटनालाई लिएर मृतकका आफन्तजनले विरोध प्रदर्शन गरेका छन् ।

Comment


Related News

Latest News

Trending News