अपडेट 
२०७७ आश्विन १, बिहीबार १७:४१

नेपालमा बिहीबार थप १२४६ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ४२८ महिला र ८१८ पुरुष गरि थप १२४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५९५७३ पुगेको छ ।

बिहीबार काठमाडौं उपत्यकामा ६१८ जनामा कोरोना देखिएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १६४ महिला र ३४३ पुरुष गरि ५०७ , भक्तपुरमा २९ पुरुष र २१ महिला गरि ५० जना र ललितपुरमा ३१ महिला र ३० पुरुष गरि ६१ जना संक्रमित भेटिएको हो । त्यस्तै कोरोनाका कारण थप चार जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनको संख्या ३८३ पुगेको छ । बिहीबार १२४३ जना निको भएका छन् । यो संगै हालसम्म ४२९४९ जना डिष्चार्ज भएका छन् । हाल सक्रिय संक्रमितको १६,२४१ संख्या रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

हाल क्वारेन्टाइनमा ७, ८८३ जना छन् । त्यसतै होम आइशोलेशनमा ८३३८ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ७९०३ जना रहेका छन् । हालसम्म ७ लाख ८२ हजार ९१५ वटा पिसिआर परिक्षण भएको छ ।

Comment


Related News

Latest News

Trending News