अपडेट 
२०७७ आश्विन २, शुक्रबार ०६:२९

जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्ला सदरमुकाम लगायतका क्षेत्रमा लगाएको निषेधाज्ञा हटाइए संगै जनजिवन सामान्य बन्दै गएको छ । । जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक सूचना प्रकाशित गर्दै यसअघि जारी गरेको निषेधाज्ञा वर्तमान समयमा पुनः जारी गरिरहनु पर्ने अवस्था नदेखिएकाले हटाइएको जनाएको छ ।

जिल्लामा कोरोना संक्रमण बढ्ने अनुमान गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले साउन १५ गतेदेखि जिल्लाभरि निषेधाज्ञा लगाएको थियो । लामो समयसममको निषेधाज्ञाका कारण जिल्लाको सदरमुकाम जलेश्वर लगायत आसपासका बजारहरू पूर्णरूपमा बन्द थिए भने आवतजावतमा पनि कडाई गरिएको थियो ।

निषेधाज्ञा हटेसँगै बिहीबार बिहानबाट बजारहरू खुलेको छ भने जनजीवन पनि सामान्य बन्दै गईरहेको देखिएको छ । निषेधाज्ञा हटाएको भएपनि कोरोना भाइरसबाट जोगिन सरकारले जारी गरेका निर्देशन र सूचनाको पूर्णरूपमा कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले अनुरोध गरेका छन् ।

प्रजिअ कटुवालले तत्कालै कोरोना अन्त्य हुने सम्भावना क्षीण रहेकोले अबको जीवनयापनमा कोरोनाबाट बच्ने सर्तकर्ताका उपायहरु समेत अवलम्बन गर्दै अघि बढ्नुपर्ने तथ्यलाई मनन गर्दै अर्को सूचना जारी नहुँदासम्मका लागि डिसिसिएमसिको भदौ ३१ गतेको निर्णय अनुसार निषेधाज्ञा खुकुलो बनाइएको जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News