अपडेट 
२०७७ आश्विन २, शुक्रबार ०८:१३

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।

बिहान ११ बजेका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक पर्सि आइतबारका लागि सारिएको छ । यसअघिका धेरैजसो बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवासमा बस्ने गरे पनि तत्कालीन एमाले र माओवादी एकतापछि पहिलोपटक पेरिसडाँडामा बस्ने तय भएको छ ।

बैठकले पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्ने उहाँले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News