अपडेट 
२०७७ आश्विन २, शुक्रबार १५:४३

जनकपुर – जयनगर चल्ने नेपालको आफ्नै रेल आज दिउँसो २ बजे जनकपुरधामको रेल्वे स्टेशनमा आईपुगेको छ । भारतमा निर्माण भएको रेल भारतको जयनगर स्टेशनबाट जनकपुर ल्याईएको हो ।

नेपालको राष्ट्रिय झण्डा अंकित दुई वटा रेल भारतको बिहारमा रहेको हाजीपुर स्टेसनबाट जयनगर हुँदै जनकपुर ल्याइएको हो । रेल हेर्न नागरिकहरु जनकपुरधामको रेल्वे स्टेशनमा वृद्ध आमाबुवा, बालबालिकासहित आइपुगका छन् ।

कोरोना महामारीको पर्वाह नगरी हर्षउल्लासका साथ नेपली रेलको स्वागत गरिएको छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले आवश्यक कानून बनाएर दशैँ–तिहारपछि रेल सञ्चालनमा ल्याउने जानकारी दिनु भयो ।

Comment


Related News

Latest News

Trending News