अपडेट 
२०७७ आश्विन ३, शनिबार ०७:१६

विश्व चर्चित इण्डियन प्रिमियर लिग ‘आईपीएल’ को १२ औं संस्करण संयुक्त अरब इमिरेट्स (युएई) मा शुरु हुँदैछ। आज बेलुकी उदघाटन हुने खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स प्रतिस्पर्धा गर्दैछन् ।

खेल अबुधाबीस्थित शेख जायद रंगशालामा नेपाली समय अनुसारबेलुकी ७ : ४५ बजे सुरु हुनेछ। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले भने आइतबार पहिलो खेलमा मुम्बई ईण्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

आईपीएलमा यस सिजन चेन्नई सुपर किङ्स, सनराईजर्स हैदरावाद, रोयल च्यालेंजर्स बैंगलोर, दिल्ली क्यापिटल्स, राजेस्थान रोयल्स, किंग्स इलाभेन पन्जाब, कलकता नाइटराइडर्स र मुम्बई इन्डियन्स प्रतिस्पर्धामा छन् ।

Comment


Related News

Latest News

Trending News