अपडेट 
२०७७ आश्विन ३, शनिबार २०:३४

नेपालको संविधानमा मधेशी जनजाती लगायतलाई अवहेलना गरिएको भन्दै संसोधनको माग गर्दै संविधान दिवसको दिनलाई कालो दिनको रुपमा मनाउँदै आएको जनता समजावादी पार्टीले जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ ।


बहुमतको दम्भमा संविधान जारी गरिएकोले असोज ३ अर्थात नेपालमा संविधान जारी भएको दिनमा विरोध स्वरूप जनकपुरधाममा नगरपरिक्रमा सहित कालो दिवस मनाइएको छ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा संघिय सांसद उमाशंकर अरगरियाको अगुवाईमा हजारौको संख्यामा रहेको नेता तथा कार्यकताले जनकचौकमा जम्मा हुदै नगरभरि कालो पटी र कालोझण्डा प्रर्दशन गर्दै कालो दिवस मनाएको छ । जनकचौकबाट निस्केको विरोध जुलुस जानकी मन्दिर ,भानुचौक,कदमचौक हुदै पुन : विरोध जुलुस जनकचौकमा आएर कोणसभामा परिणत भएका थिए । ¥याली पश्चात आयोजित विरोध सभालाई सम्बोधन गर्दै संघिय सांसद उमाशंकर अरगरियाले देशमा आएको परिवर्तनमा मधेशीको महत्वपुर्ण हात छदा छदै वर्तमान सरकारले वहुमतको दम्भमा ल्याएको संविधान संसोधन गर्न नचाहेको वताउदै संविधान संसधोन नभएसम्म मधेशी जनताले कहिले पनि संविधान दिवस नमनाउने वताए ।

एकै देशका नागरिकलाई आफनो हक अधिकारबाट वंचित गराउन खोज्नु तानाशाहीको नमुना भएकोले यस्ता तानाशाही विरुद्ध आफनो विरोध जारी रहने नेता अरगरियाले वताए । विरोधसभामा प्रदेश सांसद परमेश्वर साहले वर्तमान संविधानलाई कालो संविधानको रुपमा रहेको वताए । एकातिर रगत वगिरहदा अर्को तिर दिपावली मनाउन लगाउने कालो संविधानमा मधेशी जनजाती लगायतको हकहित सहितको संंसोधन नगरेसम्म मधेशमा संविधानको औचित्य नरहने वताए । शहिदहरुले देखेका सपना र उनले दिएको वलिदानलाई सार्थकता तुल्याउनकालागि संविधान संसोधन आवश्यक रहेको नेता साहले वताए । कोणसभामा जनता समाजवादी पार्टीका युवा नेता उमेश मण्डलले संविधानमा मधेसी, जनजाति, दलितलगायतका बहिस्कृत समुदायको अधिकार नसमेटिएको ले अपुरो संविधानलाई पुर्ण वनाउनुपर्छ र यसको लागि वर्तमान सरकारलाई इमान्दार बनि वहुमतको दम्भ त्यागनुपर्ने वताउदै उनले पुर्ण संविधान नबनाएसम्म मधेशमा यसको विरोध भइरहने वताए ।

विरोध जुलुसमा जनता समाजवादी पार्टीका केन्द्रिय ,प्रादेशीक तथा स्थानीय नेताहरुको साथ साथै हजारौ कार्यकताहरुको उपस्थिती रहेको थियो । त्यसैगरि पुर्व घोषित कार्यक्रम अनुरुप बेलुकि साढे ६ बजे देखि सात वजे सम्म ब्लेक आउट समेत गरिएको छ ।

Comment


Related News

Latest News

Trending News