अपडेट 
२०७७ आश्विन ४, आईतवार ०६:१७

आइतबार देशभर सामान्य वर्षा हुनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मेघ गर्जनसहित सामान्य वर्षा हुनेछ ।

हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ। महाशाखाका अनुसार हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा आँशिक बदली भई सामान्य वर्षा भइरहेको छ ।

आइतबार दिउँसो देशभर आँशिकदेखि सामान्यतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  त्यस्तै, आज राति देशभर आँशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

Comment


Related News

Latest News

Trending News