अपडेट 
२०७७ आश्विन ४, आईतवार ०९:२५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बोलाइएको छ ।

बैठक बिहान ११ बजे पेरिसडाँडामा बस्ने नेकपाले जनाएको छ । यसअघि अस्ति शुक्रबारका लागि बोलाइएको बैठक आजलाई सारिएको हो । यसअघिका धेरैजसो बैठक प्रधानमन्त्रीसमेत रहनु भएका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवासमा बस्ने गरे पनि तत्कालीन एमाले र माओवादी एकतापछि पहिलोपटक पेरिसडाँडामा बस्ने तय भएको छ ।

बैठकमा पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्ने तयारी छ ।

Comment


Related News

Latest News

Trending News