अपडेट 
२०७७ आश्विन ५, सोमबार ०६:२०

मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले तीन दिन देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । अहिले देशभरका केही स्थानमा सामान्य वर्षा भयरहेकाे महाशाखाकाे भनाइ छ । सोमबार दिउँसो र राति देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नम्बर १, प्रदेश नम्बर २ र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News