अपडेट 
२०७७ आश्विन ५, सोमबार ०७:५९

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ ।

हिजो (आइतबार)बसेको पार्टीका तीन अध्यक्षको बैठकले मंगलबारका लागि केन्द्रीय समिति तोकेको हो । पटक–पटक विभाजन भएर फेरि एक भएको राप्रपामा चुनाव चिह्न के राख्ने भन्ने विषयमा मतान्तर छ ।

राप्रपाका अध्यक्ष कमल थापाले आइतबारको बैठकले राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रूपमा स्थापित गर्न पार्टी एकता सुदृढ तुल्याउने र सबै समस्याहरु समझदारीबाट समाधान गर्ने निर्णय भएको बताएका छन् । अध्यक्ष थापाका अनुसार बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक असोज ६ गते गर्ने निर्णय गरेको छ ।

Comment


Related News

Latest News

Trending News