अपडेट 
२०७७ आश्विन ५, सोमबार १४:३५

पर्वतारोही आङरिता शेर्पा ‘हिम चितुवा’को सोमबार बिहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा निधन भएको छ ।

‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन असोज ५ गते जोरपाटीस्थित आङरिता शेर्पाको छोरीको घरमा भएको नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले बताए । उनको मस्तिष्क र कलेजोमा समस्या रहेको थियो । सगरमाथा आरोहण गरेर विश्व रेकर्ड बताएका शेर्पाले १० पटक बिना अक्सिजन सगरमाथा चढेर ‘गिनिस बुक अफ वोर्ल्ड रेकर्ड’मा आफ्नो नाम लेखाइ आफ्नो अनि देशको नाम विश्वसामु चिनाएका थिए ।

उनको अन्त्येष्टि धार्मिक परम्पराअनुसार हुने आङछिरिङ शेर्पाले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News