अपडेट 
२०७७ आश्विन ५, सोमबार १४:२९

रुपनी गाउँपालिका–६ का वडाध्यक्ष गोविन्दसिंह थापा मगरको निधन भएको छ । केही महिनादेखि बिरामी ५४ वर्षीय वडाध्यक्ष मगरलाई उपचारका लागि धरान लैजाँदै गर्दा सोमबार निधन भएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले मृत घोषणा गरेपछि उहाँको शव घर ल्याउन लागिएको रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिनुभयो । विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा नौ दिनको उपचारपछि तीन दिनअघि घर फर्कनुभएका मगरको स्वास्थ्यावस्था गम्भीर भएपछि आज बिहान धरान लगिएको स्थानीयवासी मुक्ति साहले बताउनुभयो ।

सार्वजनिक जग्गामा घर बनाएको विरोधमा स्थानीयवासीले अवरोध गरेपछि मगर केही महिनादेखि निकै तनावमा हुनुहुन्थ्यो । उहाँ गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा ५६६ मत ल्याएर निर्वाचित हुनुभएको थियो ।

Comment


Related News

Latest News

Trending News