अपडेट 
२०७७ आश्विन ६, मंगलवार १६:३०

लामो दूरीमा साझा यातायातले असोज ६ गते बुधवारदेखि यातायात सञ्चालन गर्ने तयारी गरेको छ ।

कोरोना महामारीका कारण बन्द भएको बस सेवा बुधवारबाट हुने सुचारु हुने भएको हो । नेपाल सरकारबाट जारी गरिएको मापदण्ड तथा निर्देशिका पालना गर्दै बस सञ्चालन गर्न लागिएको यातायातले बताएको छ । बुधवारदेखि काठमाडौं–भैरहवा र काठमाडौं–बाग्लुङ बस सेवा सुचारु हुने साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

बुधवार काठमाडौंबाट गएको बसले बिहीबार मात्रै काठमाडौं यात्रु ल्याउनेछ ।

Comment


Related News

Latest News

Trending News