अपडेट 
२०७७ आश्विन ६, मंगलवार १६:३७

२४ घण्टामा देशभर  १ हजार ३५६ कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै देशभर संक्रमितको कुल संख्या ६६,६३२ पुगेको गौतमले बताए ।  उनका अनुसार ८२३ जना बितेको २४ घण्टामा डिस्चार्ज भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १९३ र होम आइसोलशेन ८ हजार ९४९ जना रहेका छन् ।

 यसैबीच बितेको २४ घण्टामा थप २ जनाको मृत्यु भएसँगै मृतककाे कुल संख्या ४२९ पुगेको गौतमले बताए । 

Comment


Related News

Latest News

Trending News