अपडेट 
२०७७ आश्विन ७, बुधबार ०६:१७

बलि दिन लागिएकी एक किशोरीलाई सुनसरीबाट उद्दार गरिएको छ ।

सुनसरीको रामधुनी नगरपालिका ५ की एक किशोरीलाई भारत लैजाने क्रममा उद्धार गरिएको हो । १७ वर्षीया किशोरीलाई सीमा क्षेत्र बिराटनगर महानगरपालिका १७ इश्लामपुरको बाटो हुँदै भारत लैजादैने क्रममा उद्धार गरिएको हो ।

किशोरीलाई भारत पु¥याउन लागेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ समेत गरेको छ । घटनाको प्रकृति र कनेक्सन हेर्दा किशोरीलाई बली दिन भारत लैजान खोजिएको हुन सक्ने आशंका रहेको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनुभयो । प्रहरीले सप्तरी विष्णुपुर ५ का २८ वर्षीय सुमितकुमार मण्डल, सप्तरीको तिलाठीकैलाडी १ का २० वर्षीय प्रदीपकुमार मण्डल र मोरङको लेटाङ नगरपालिका ३ घर भएका सुनसरी रामधुनी ५ झुम्कामा डेरा गरेर बस्ने २२ वर्षीया मनिका ढकाललाई पक्राउ गरेको हो ।

घटनाका मुख्य योजनाकार सुमित भएको खुलेको प्रहरी प्रमुख सन्तोष खड्काले बताउनुभयो । प्रहरीका अनुसार दिदीसँग झुम्कामा बसेर तरकारी पसल गर्ने मनिकाले चिनजानका आधारमा किशोरीलाई लिएर बिराटनगर आएको खुलेको छ । किशोरीकी आमाले मनिकालाई भान्जी भनेर बोलाउने गरेको पाइएको प्रहरीको भनाइ छ । मनिकाले आइतबार बिहान ७ बजेतिर बिराटनगरमा एउटा पूजामा लैजाने र दुई घण्टापछि फर्किएर आउने भन्दै किशोरीकी आमासँग अनुमति मागेकी थिइन् । चिनजानकै युवतीले भनेपछि आमाले पनि सहज रुपमा छोरीलाई जान दिएकी थिइन् ।

कन्या केटीलाई पूजामा राखेर टीका लगाइदिँदै पाँच हजार रुपैयाँ दक्षिणा पनि दिन्छन् भनेर किशोरीकी आमालाई मनिकाले विश्वस्त पारेको अनुसन्धानका क्रममा पाइएको छ । मनिकाले किशोरी र उनकी परिवारलाई थप प्रलोभन देखाएर लगेको प्रारम्भिक सोधपुछबाट खुलेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News