अपडेट 
२०७७ आश्विन ७, बुधबार ०६:५२

इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ ।

यूएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा राजस्थानले चेन्नेई सुपर किंग्सलाई १६ रनले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनाउँदै १६ रनले विजयी भएको हो । राजस्थानका लागि सन्जु सेमसनले ७४ रनले बनाएका छन् । यस्तै स्टेभेन स्मीथले ६९ र जोफार आर्चरले २७ रन बनाए ।

चेन्नईका लागि साम कुरानले तीन विकेट लिए भने दीपक चाहर, लुङ्गी एनगिडी र पियुस चावलाले समान एक-एक विकेट लिएका थिए ।

Comment


Related News

Latest News

Trending News