अपडेट 
२०७७ आश्विन ७, बुधबार १६:२९

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६७ हजार आठ सय चार पुगेकाे छ । गएको २४ घण्टामा एक हजार एक सय ७२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा नाै हजार चार सय ९७ जनाकाे पीसीआर परीक्षण गर्दा एक हजार एक सय ७२ जनामा सङ्क्रमण देखिएकाे हाे । गएकाे २४ घण्टामा एक हजार आठ सय ९३ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ४९ हजार नाै सय ५४ जना पुगेको छ ।  

अब नेपालमा १७ हजार चार सय ११ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै सात हजार एक सय चार जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ३६ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News