अपडेट 
२०७७ आश्विन ८, बिहीबार ११:०९

सुनचाँदीको भाउ आज पनि घटेको छ ।

आज तोलामा एक हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार एक सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको भाउ तोलामा एक हजार २ सय रुपैयाँ नै घटेर तोलाको ९४ हजार ३ सय रुपैयाँ थियो ।

केही दिनयता नाफा सुरक्षित गर्नको लागि अन्तर्राष्ट्रिय बजारमा सुन बिक्रीमा आएपछि भाउ घट्दै गएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो । यस्तै चाँदी आज तोलामा ७० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको एक हजार एक सय २० रुपैयाँमा झरेको छ ।

Comment


Related News

Latest News

Trending News