अपडेट 
२०७७ आश्विन ८, बिहीबार १४:५३

छिमेकी राष्ट्र चीन र नेपाल बीचको सिमा नाकामा राखेको ११ नम्बरको सीमास्तम्भ फेला परेको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरी नेतृत्वको टोलीले असोज ७ गते उक्त सीमास्तभ फेला पारेको हो ।

नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले सीमास्तम्भ नाम्खा गाउँपालिका ६ टाकुलेमा सीमा प्रहरी चौकी, हिल्साभन्दा माथि करिब ५ हजार २ सय मिटर उचाइमा भेटिएको जानकारी दिए । गाउँपालिका अध्यक्ष तामाङकाअनुसार टाकुले लेकको खोचमा हिउँसँगै दबेर रहेको ढुंगाजस्तो बस्तु देखेपछि सुरक्षाकर्मीले माटो र हिउँ पन्छाएर हेर्दा ११ नम्बर सीमास्तम्भ भेटिएको हो ।

तीन दिनको खोजबिनका क्रममा सुरक्षाकर्मी र स्थानीयहरुको संयुक्त प्रयासबाट ५८ वर्ष अगाडी हराएको पिल्लर फेला परेको अध्यक्ष तामाङले बताए । सीमास्तम्भ भेटिए पनि अझै विवादित भवन बनेको क्षेत्र कसको भूभागमा पर्छ भन्ने अझै यकिन हुन नसकेको नाम्खा गाउँपालिका अध्यक्ष तामाङ बताउँछन् । सीमास्तम्भ भेटिएपछि अब वर्षौं देखिको नेपाल चीन सिमा विवाद भने सुल्झिने अपेक्षा गरिएको छ ।

सिमा विवाद बढे सँगै नेपाल सरकार र काठमाडौंस्थित चिनियाँ दूतावास दुबैले स्पष्टिकरण दिँदै चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएका छन् ।

Comment


Related News

Latest News

Trending News