अपडेट 
२०७७ आश्विन ८, बिहीबार १६:२७

बितेको २४ घण्टामा देशभर यस्तै १४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६९ हजार तीन सय एक पुगेकाे छ । गएको २४ घण्टामा एक हजार चार सय ९७ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा ११ हजार चार सय ४९ जनाकाे पीसीआर परीक्षण गर्दा एक हजार चार सय ९७ जनामा सङ्क्रमण देखिएकाे हाे । गएकाे २४ घण्टामा चार सय ५७ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ५० हजार चार सय ११ जना पुगेको छ ।   अब नेपालमा १८ हजार चार सय ३७ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ६ हजार पाँच सय ६५ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा १७ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ५३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

Comment


Related News

Latest News

Trending News