अपडेट 
२०७७ आश्विन ८, बिहीबार १७:०३

रौतहटको गरुडा नगरपालिका–१९ जगडिया बस्ने दलित युवा विजयराम चमारको ‘शंकास्पद मृत्यु’ प्रकरणमा एसपी रविराज खड्का र डिएसपी ज्ञानकुमार महतोलाई कारवाही गर्न निर्देशन दिइएको छ ।

उक्त घटना छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएसँगै ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहापुरका प्रमुख दोरेन्द्र निरौला नेतृत्वको छानविन समितिले एसपी रविराज खड्कासहितका प्रहरीलाई कारवाही गर्न सिफारिस गरेको हो । सो सिफारिसका आधारमा एसपी खड्का र डिएसपी महतोलाई कारवाही गर्न निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ । यस घटनामा तीन जना प्रहरीलाई यसअघि नै निलम्बन गरिएको थियो । तत्कालिन एसपी खड्का र गरुडाका डिएसपी महतोलाई जिम्मेवारीबाट हटाएर विजयरामलाई हिरासतमा यातना दिने जिल्ला प्रहरी कार्यालयका रौतहटका इन्सपेक्टर नविनकुमार सिंह, हवल्दार मुन्नासिंह र धिरोज मियाँ धुनियाँलाई यसअघि नै निलम्बन गरिएको हो ।

‘साथी हत्या अभियोग’मा २०७७ साउन ३२ गते पक्राउ परेका विजयरामलाई अनुसन्धानको क्रममा हिरातमा यातना दिएको छानविन समितिको ठहर छ । भदौ १० गते यातनाबाट विजयरामको नेशनल मेडिकल कलेज वीरगंजमा मृत्यु भएको थियो । साउन ३१ गते गरुडा–८ का २० वर्षीय निरञ्जन रामको घाँटी रेटेर हत्या गरेको आरोपमा प्रहरीले स्थानीय शेख आजाद, २० वर्षीय अजयकुमार रञ्जन, १९ वर्षीय विवेक राययादव, १९ वर्षीय अर्जुन राम, २० वर्षीय सिकिन्द्र पासवान र विजय राम चमारलाई गिरफ्तार गरेको थियो । त्सायसै गरी , साउन ३२ गते पक्राउ गरेर उनिहरुलाई ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखिएको थियो ।

भदौं १३ गते गठन भएको छानविन समितिले एसपी खड्काले समग्रमा कमाण्ड कन्ट्रोल गर्न नसकेको गृह–मन्त्रालयले ठहर छ ।

Comment


Related News

Latest News

Trending News