अपडेट 
२०७७ आश्विन ९, शुक्रबार ०६:१४

दक्षिण छिमेकी राष्ट्र भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा नेपालका प्रधानमन्त्री के.पी शर्मा ओलीले,आफना भारतीय समकक्षी त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना तथा बधाई सन्देश दिए संगै नेपाल र भारतवीच विगत ५ महिना देखि चिसिएको सम्बन्धमा न्यानोपन आउन थालेको छ तथा अब विस्तारै यो सामान्यहुदै पुर्ववत अवस्थामा फर्किन लागेको देखिन्छ । विगत ६ महिना अघि लिम्पियाधुरा, लिपुलेक तथा कालापानीको क्षेत्रलाई समेटेर नेपालले नयाँ भौगोलिक नक्शाजारी गरेपछि नेपाल–भारत दुई पक्षिय सम्बन्धमा कटुता उत्पन्न भएको हो । पाठ्यपुस्तकमापनि यो विषय समावेश भए पछि केहि विवादपनि चर्किन सक्दछ ।तर हामी समान्य अवस्थाको अपेक्षा राखेका छौं ।विगत ५ महिना देखि नेपाल र भारतबीच कुटनितिक स्तरमा सम्बन्धकायम रहेपनि राजनितिक स्तरमा अनुकुल थिएन ।

नेपाल र भारतबीच राजनीतिक स्तरमा न्यानो सम्बन्ध नरहेपनि व्यापारिक कारोवार कहिल्यै बन्द रहेन र खाधान, औषधि, पेट्रोलियम पदार्थ, लगायत कुनैपनि आवश्यक सामाग्रीको आयातमा समस्या उत्पन्न भएन । हुनपनि नेपाल–भारतबीच परस्पर अन्तरनिर्भता, विश्वास र पारस्परिक लाभमा आधारित बाहेक सम्बन्धको विकल्पपनि छैन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र हाम्रा प्रधानमन्त्री के.पी शर्मा ओलीवीच सम्वादहीनताको अन्तयभई दुईपक्षिय सम्बन्ध सामान्य अवस्थामा फकिर्ने सम्भावना विकसितहुनु सकारात्मक र महत्वपुर्ण उपलब्धि हो । परस्पर विश्वास, सहयोग र सदभावमा आधारित दुईपक्षीय सम्बन्ध दुवै देशको हितमा हुनेछ । भारतीय स्वतन्त्रतादिवसको अपसरमा हाम्रा प्रधानमन्त्री के.पि.शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुई पक्षीय सम्वाद भए लगतै नेपाल– भारत संयूक्त निगरानी संयन्त्रको बैठक पनि सम्पन्नभई सकेको छ । नेपालका परराष्ट्रमन्त्री र नेपालकालागि भारतीय राजदुतवीच भएको बैठकमा नेपालमा भारतीय सहयोगमा निर्माणाधिन परियोजनाहरुको अवस्थाकावारेमा समीक्षा भएको हो । कोभिड–१९ महामारीकाकारण भर्चुअलमाध्यमवाट यो बैठक भएको हो ।

नेपालका पराष्ट्रसचिव र भारतीयदुतावासका अधिकारीहरुवीच भएको छलफलमा द्धीपक्षिय हितसंग सम्बन्धित अन्य कतिपय विषयमापनि छलपल भएको मानिन्छ । नेपालकालागि भारतीय राजदुत विनय मोहन क्वात्राले प्रधानमन्त्री के.पि.शर्मा ओलीसित अनौपचारिक सम्वादगर्नुका साथै सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” एवं सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता एवं भूतपुर्वप्रधानमन्त्री माधवकुमार नेपालसितपनि द्धीपक्षीय हितका विषयमा विचारविमर्शगरि सकेकाछन । निकट भविष्यमै नेपाल र भारतका परराष्ट्र सचिव तथा पराष्ट्रमन्त्री स्तरीयवार्ता हुने सम्भावनापनि विकसित भईरहेको छ । नेपाल र भारतवीच विदयमान सबैखाले समस्याको समाधान शान्तिपुर्ण वार्ताको माध्यमवाट सहज रुपमागर्न सकिन्छ । निकट भविष्यमा नै नेपाल र भारत बीच उच्चस्तीय बैठकहरु हुने निश्चित छ ।नेपाल–भारत आपसी सम्बन्धका कतिपय विषयमापनि छलफल हुने सम्भावना रहेको देखिन्छ । त्यसै गरि भारतले रक्सौल–काठमाण्डौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने प्रस्ताव गरेको छ । रक्सौल –काठमाण्डौं रेलमार्गको निर्माण हाम्रो देशको आर्थिक विकासमा कोशेढुङ्गा सावित हुनेछ ।

नेपालमा भारतीय अनुदानमा संचालित परियोजनाहरुको अवस्था तथा नया परियोजनाको विषयमापनि छलफल हुनसक्ने सम्भावनालाई अस्वीकार गर्न सकिदैन । नेपाल र भारतवीच सीमा समस्याको सामाधानका वारेमापनि छलफल हुनसक्ने संभावना रहेको छ । नेपाल र भारत वीचको करिब १८०० किलोमिटर लामो सीमामध्ये ९८% ठाउँमा बैज्ञानिक जी.पी.एस प्रविधिमार्फत सीमामा पुराना तथा नया स्तम्भ गाडने कामपनि भईसकेको छ । सीमानदीको वहाव (प्रवाह) का कारण केही ठाउँमा समस्या देखिएको छ । नया नक्शाका कारण उत्पन्न समस्याको समाधानपनि ठुलाचुनौतीे सावितहुने निश्चित छ । नेपाल–भारत बाउण्ड्री वर्किग गु्रपको बैठक बस्ने संभावना रहेको छ । यस बैठकमा सीमानाकाको विषय चर्चामा रहने निश्चित छ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा विगतमापनि कतिपय समस्याको समाधान भएको छ ।आगामी दिनमापनि आपसी सहमतिको आधारमा अनेकौं दुईपक्षीय समस्याको समाधान सम्भवहुने निश्चित छ । केहि अघिमात्रै भारतका परराष्ट्र सचिव हर्षवद्र्धन श्रृंगलाले “भारतीय विश्व सम्बन्ध परिषद” द्धारा आयोजित“महामारीकालमा भारतीय कूटनीतिको वृहत आयाम”विषयमा सम्बोधनगर्दै नेपाल र भारतवीतको सम्बन्ध सामान्य अवस्थामा रहेको तथा हाम्रो घनिष्ठ एवं मित्रवत सम्बन्धमा समस्या उत्पन्न नै नहुने भन्दै कोरोना महामारीका दौरानपनि भारत र नेपालको व्यापारिक कारोवार पुर्ववत अवस्थामा संचालनमा रहेको तथा नेपाललाई भारतले सक्दो सहयोग गरेको बताउनु भयो ।

भारतीय परराष्ट्र सचिवको भनाईले पनि हाम्रा सम्बन्ध पुर्ववत अवस्थामा फर्किन लागेको संकेतको रुपमा बुझन सकिन्छ । कोरोना महामारीकाकारण भारतको विभिन्न शहरमा कार्यरत हजारौं नेपाली कामदारहरु स्वदेश फकिएका थिए ।तर नेपालमा काम पाउन नसकेपछि दिनहु हजारौंको सख्यामा नेपाली युवाहरु पश्चिमी तराईको नाकामार्फत जागिरको खोजीमा भारतका विभिन्न शहरमा जाने व्रmम शुरु भईसकेको छ । मित्र फेर्न सकिन्छ । तर छिमेकीलाई रोज्न सकिदैन भन्ने शाश्वत मान्यतालाई विर्सेर परराष्ट्र सम्बन्धको संचालनगर्न खोज्नु बुद्धिमानी होईन । भारत र चीन जस्ता विश्वको उदाउदा शक्ति राष्ट्रको बीचमा अवस्थित नेपालले दुरदर्शी कुटनितिको संचालनगर्न सकेन । कुनै एक छिमेकी राष्ट्रको पक्षमाखुलेर उभिनु तथा अर्को छिमेकी राष्ट्रको खुलेर विरोध गर्नु हाम्रो देश र जनताको हितमा हुन सक्दैन । भूगोलको राम्ररी संचालन र उपयोगगर्न नसक्ने राष्ट्र प्रगतिगर्न सक्दैन । एउटा राजनितिक दलको सम्बन्ध विश्वका कुनैपनि देशको राजनितिक दलसित अथवा समान विचारधारा भएका राजनितिक दलहरुसित हुन सक्दछ । तर परराष्ट्र सम्बन्धको निर्धारण व्यक्ति अथवा दलको हितलाई ध्यानमा राखेर हुदैन । त्यहाँ देश र जनताको हित सर्वोपरी हुने गर्दछ ।

विश्वका जतिपनि सम्पन्न र शक्तिशाली राष्ट्रहरु छन तिनको परराष्ट्र सम्बन्धव् यक्तिगत अथवा दलगत आधारमा निर्धारण भएको हँुदैन । आर्थिक रुपले पिछडिएका , जातियद्वन्दले जर्जर अर्थव्यवस्था, गृहयुद्ध अथवा आन्तरिक सशस्त्र संघर्षकाकारण अस्तव्यस्त राजनितिक र सामाजिक अवस्था भएको देशहरुमा त्यहाँका शासक र नेताहरु राष्ट्रियताको नारालाई अघि सारेर देश र जनताका जल्दावल्दा समस्यालाई ओझेलमापार्ने काम गरिरहेका हुन्छन । जुन देशका शासक तथा राजनीतिक दलसित देशको आर्थिक विकास एवं समृद्धिको निम्ति प्रष्ट दृष्टिकोण हुदैन, ठोस नीतिएवं कार्यक्रमलागु गर्ने मनसाय हुदैन ति देशहरुका परराष्ट्र सम्बन्धको पनि ठोस दिशा र लक्ष्यनिर्धारण भएको हुदैन । विगत ५ महिनामा नेपाल–भारत दुईपक्षिय सम्बन्ध चिसिएको अवस्थामा रहेका भएपनि जनताको सम्बन्धमा कटुता थपिएन । प्रकृति प्रदत यस सम्बन्धको विशेष महत्व छ । जसलाई अस्वीकार गर्न सकिदैन । सम्बन्धको धागोलाई निरन्तरको सम्पर्क, सहकार्य, सम्वाद एवं सदभाववाट बलियो पनि बनाउन सकिन्छ तर व्यङ्ग, कटूतापुर्ण आक्षेप, दोषारोपण एवं अनावश्यक टिका टिप्पणीले यसलाई कमजोरपनि बनाउन सक्दछ । सम्बन्ध बनाउन गार्हो हुन्छ तर विगार्न सजिलो हुन्छ । परराष्ट सम्बन्ध जस्तो सम्वेदनशिल विषयमा परिपक्व, सम्वेदनशिल एवं गम्भीर भूमिकाको अपेक्षा गरिन्छ । नेपाल भारत वीचको द्धीपक्षीय सम्बन्ध अब सामान्य अवस्थामा फर्किन लागेको छ ।

Comment


Related News

Latest News

Trending News