अपडेट 
२०७७ आश्विन ९, शुक्रबार १६:१६

पछिल्लो समय चर्किँदै गएको भारत-चीन सीमा विवादका क्रममा भारतले तिब्बती समूदायलाई सीमामा परिचालन गर्न थालेको छ।

भारतले तिब्बती समुदायलाई लिएर बनाइएको स्पेसल फ्रन्टेयर फोर्स (एस‍‌. एफ. एफ.) सीमामा तैनाथ गरिएको छ। कोभर्ट रुपमा परिचालित हुँदै आएको यो समूह यसपटक खुला रुपमा आएको छ। विगत पाँच महिनादेखि भारत चीनबीच सीमा क्षेत्रमा बढ्दै गएको तनाबपछि गत अगस्टमा भारतीय सेनाले चिनियाँ पक्षलाई असफल पारेको घोषणा गर्‍यो। योसँगै दक्षिण पाङगोङ सोमा स्पेसल फन्टियर फोर्स (एस.एस.एफ.)को संलग्नता बाहिर आएको थियो।

विकास रेजिमेन्टको रुपमा चिनिने र प्रत्यक्षमा रुपमा भारतीय गुप्तर संस्था ‘र’को डाइरेक्टर जनरल मातहत रहने एस.एफ.एफ.को संलग्नतासँगै यसको भूमिका पनि बाहिरिँदै गएको छ। सेप्टेम्बरको दोस्रो साता एस‍.एफ.एफ.का जवान नीमा तेन्जिनको अन्तिम संस्कारमा भारतीय जनता पार्टीका नेता राम माधव नै पुगेपछि कोभर्टमा रहँदै आएको यो फोर्स यसपटक पूर्ण रुपमा बाहिरिएको हाे। चीन-भारतबीचको सीमा ‘एक्चुअल लाइन अफ कन्ट्रोल’ (एएलसी)मा गोली नचलाउने दुई देशबीचको सहमति अनुसार त्यहाँ झडप हुँदा ढुंगामुडा प्रयोग हुन्थ्यो। तर यसपटक अगस्ट २९-३१ मा गोली पनि पड्कियो र एस.एफ.एफ.का नीमाको एम्बुसमा परेर मृत्यु भयो। यसअघि भारतको उपस्तथिति नभएको पूर्वी लद्दाखको चुसुल क्षेत्रको उचाईमा भारतीय पक्षले उपस्थिति जनायो। यो अप्रेसनमा एस.एफ.एफ.को प्रयोग भएको भनिँदै आएको थियो।

मृत्यु भएका जवानको विषयमा भारतीय सेनाले आधिकारिक रुपमा केही नभने पनि भारतीय जनता पार्टिका नेताको उपस्थितिले भारत-चीन विवादमा एस.एफ.एफ.को उपस्थितिलाई खुला गरिदिएको छ। यो नै पहिलो पटक एस.एस.एफ. सार्वजनिक रुपमा सर्वसाधरणको नजरमा परेको घटना भएको इन्डियन एक्सप्रेसले लेखेको छ।

Comment


Related News

Latest News

Trending News