अपडेट 
२०७७ आश्विन ११, आईतवार १४:०३

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रकाशनहरू अब सातै प्रदेशमा पुग्ने भएका छन् । निर्धारित सर्तहरूका साथ पुस्तक तथा पत्रपत्रिका वितरण गर्न तयार भएका बोलपत्रदाता मध्ये मकालु प्रकाशन गृहको बोलपत्र रितपूर्वक हुन आएकाले स्वीकृत भई सम्झौतासमेत भएको छ ।

प्रज्ञा–प्रतिष्ठानले आफ्ना प्रकाशनहरू मुलुकका सातै प्रदेश र विदेशमा विक्री वितरण गर्न सक्ने सञ्जाल भएको आधिकारिक विक्रेता छनोटका निम्ति २०७७ साल साउन २२ गते प्रथम पटक र २०७७ भदौ २६ गते दोस्रो पटक गोरखापत्र राष्ट्रिय दैनिकमा सार्वजनिक सूचनामार्फत बोलपत्र आह्वान गरेको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठान सदस्य सचिव प्रा. उपाध्यायले प्रज्ञा–प्रतिष्ठानको प्राज्ञिक गौरवका रूपमा रहेका नेपाली बृहत् शब्दकोशका साथै भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र, सामाजिक शास्त्र लगायतका विषयसँग सम्बद्ध ग्रन्थ र पत्रपत्रिकाहरूलाई मकालु प्रकाशन गृहले देशका सबै प्रदेशअन्तर्गत रहेका जिल्ला र विदेशमा समेत पुर्याउनेमा प्रज्ञा–प्रतिष्ठान विश्वस्त रहेको धारणा व्यक्त गरे ।

मकालु प्रकाशन गृहका वासुदेव ढकालले प्रज्ञा–प्रतिष्ठानका सम्पूर्ण प्रकाशनहरू सम्झौताबमोजिम देश विदेशमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

Comment


Related News

Latest News

Trending News