अपडेट 
२०७७ आश्विन ११, आईतवार १४:४५

चीनले नाका नियमित सञ्चालन गर्न नेपालको स्वास्थ्य सुरक्षा सावधानी नपुगेको बताउँदै रसुवामा पीसीआर ल्याब राख्न र अन्य सुरक्षाको उपाय कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ ।

नेपाली भन्सार प्रशासनलाई पत्र पठाउँदै चीनले नाका सञ्चालनपूर्व स्वास्थ्य सुरक्षाको तयारीबारे जानकारी माग गरेकाे, रसुवामा पीसीआर ल्याब राख्न र अन्य सुरक्षाको उपाय कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ । नाकाको काममा संलग्न व्यक्तिको रसुवामै तत्काल पीसीआर परीक्षण हुने व्यवस्था गर्न तथा सामान लिएर आउने सवारी साधनको प्रभावकारी डिस्इन्फेक्सन गर्न चिनिया पक्षले आग्रह गरेको रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए ।

चीनले आग्रह गरेपछि रसुवामा पीसीआर ल्याब राख्न भन्सार विभागमार्फत रसुवामा ल्याब राख्नका लागि स्वस्थ्य मन्त्रालयलाई पत्राचार गरिएको रसुवाका प्रमुख भन्सार अधिकृत खड्काले बताए ।चीनबाट नेपाल सामान ल्याउने एक नेपाली श्रमिकमा काेरोना संक्रमण देखिएपछि भदौ १७ गतेदेखि रसुवागढी नाकाबाट हुने ब्यापार चिनियाँ पक्षले रोकेको छ ।

Comment


Related News

Latest News

Trending News