अपडेट 
२०७७ आश्विन १२, सोमबार ०६:१७

यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा किंग्स इलेभेनविरुद्ध राजस्थान रोयल्सले रोमान्चक जित निकालेको छ । आइपीएलअन्तर्गत गएराति सम्पन्न भएको खेलमा राजस्थानले किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गरेको हो ।

रनको वर्षा भएका उक्त खेलमा राजस्थानले पञ्जाबको २२३ रनको लक्ष्य भेटाएको हो । निर्धारित २० ओभरमा पञ्जाबले मात्र २ विकेट गुमाएर बनाएको २२३ रनको लक्ष्य राजस्थानले १९ ओभर ३ बलमा भेटाएको थियो । राजस्थानका लागि सन्जु श्यामसन, राहुल तेवातिया र स्टिप स्मिथले अर्धशतकीय पारी खेले । ४२ बल खेलको सन्जुले ४ चौका र ७ छक्काको सहयोगमा ८५ रन बनाए ।

त्यस्तै २७ बल खेलको स्टिभ स्मिथले ७ चौका र २ छक्काको सहयोगमा ५० रन बनाउन सफल भए । त्यस्तै राहुल तेवातियाले ३१ बल खेल्दै ७ छक्काको सहयोगमा ५३ रनको योगदान गरे । बलिङतर्फ पन्जाबका लागि मोहमद स्वामीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै शेल्डोन कट्रेल, मुर्गान अश्विन र जेम्स निसमले समान एक–एक विकेट लिए । पञ्जाबका लागि ओपनरद्वय लोकेश रावल र मयंका अग्रवालले ठोस सुरुवात गरेका थिए । कप्तान रावलले ५४ बलमा ६९ रन बनाएका थिए भने अग्रवालले ७ छक्का र १० चौकाको सहयोगमा ५० बलमा १०६ रन रनको योगदान दिए । त्यसपछि ग्लेन म्याक्सवेलले १३ र निकोलस पुरनले २५ रन बनाउँदा राजस्थानविरुद्ध चुनौतिको विशाल पहाड खडा भयो ।

२२३ रन चेन्ज गर्न मैदान छिरेको राजस्थानले ओपनर जोस बोटलरलाई सुरुमै गुमाएको थियो । त्यसपछि आएका सञ्जु सामसुङले विस्फोटक ब्याटिङ गरेर टिमलाई जितको आधार खडा गरेका थिए । सञ्जुले ४२ बलमा ७ छक्का र ४ चौकाको सहयोगमा ८५ रनको योगदान दिए । उनले पनि २७ बलमा अर्धशतक पूरा गरेका थिए । राजस्थानका लागि राहुल टिवेटेवालाले ३१ बलमा ५३ रन बनाएपछि राजस्थान जीतको नजिक पुगेको थियो । अलराउन्डर जाफर आर्चरले ३ बलमा १३ रन बनाएपछि राजस्थानले विजय लक्ष्य भेट्यो । पञ्जाबका लागि महोम्मद सामीले ३ विकेट लिएका थिए । किफायती बलिङ गरेका रवि विस्नोइको नाममा २ विकेट रह्यो ।


सोमबार साँझको खेल रोयल च्यालेन्जर बंगलोर र मुम्बइ इण्डियन्सबीच हुनेछ ।

Comment


Related News

Latest News

Trending News