अपडेट 
२०७७ आश्विन १२, सोमबार १४:४९

विभिन्न निजी अस्पतालका प्रयोगशालाहरुले सरकारको निर्देशन बिपरित पीसीआर परीक्षण शुल्क ३,८९९ रुपियाँ लिने घोषणा गरेका छन् ।

सरकारले यसअघि कोरोना रहे नरहेको जाँच गर्ने पीसीआर परीक्षण शुल्क २ हजार रुपियाँ लिन निर्देशन दिएको थियो । तर, सरकारको निर्देशनको अबज्ञा गर्दै निजी अस्पातालहरुले बिज्ञप्ति जारी गर्दै सरकारले तोकेको भन्दा १ हजार ८ सय ९९ रुपियाँ बढी लिने घोषणा गरेका हुन ।

स्टार, ह्याम्स, बीएण्डबी, मेडिसिटी, डिकोड, सौर्य, सेन्ट्रल डायगनोस्टिक र इन्ट्राप्रिड गरी आठ ओटा निजी अस्पातालहरुको प्रयोगशालाले संयुक्त बिज्ञप्ति जारी गर्दै सरकारको निर्देशन बिपरित पीसीआर परीक्षणको ३,८९९ रुपियाँ लिने घोषणा गरेका हुन् ।

Comment


Related News

Latest News

Trending News