अपडेट 
२०७७ आश्विन १२, सोमबार १७:११

नेपाल प्रहरी र संघीय प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय)को पहिलो संशोधन अध्यादेश २०७७ प्रमाणीकरण भएसँगै संघीय राजधानी काठमाडौंको सुरक्षाका लागि अब ‘संघीय राजधानी प्रहरी’ गठन हुने भएको छ।

केही दिनअघि मन्त्रिपरिषद बैठकले योसहित अन्य तीन अध्यादेश जारी गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएकोमा असोज १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश प्रमाणीकरण गरेकी हुन् । गृह मन्त्रालयका अनुसार बागमती प्रदेश मातहत रहेको प्रहरी अब राजधानीका तीन जिल्ला संघीय राजधानी प्रहरी मातहत रहने छन् भने राजधानीको सुरक्षामा ‘संघीय राजधानी प्रहरी’ गठन हुनेछ। यो सँगै महानगरको मेट्रो प्रहरी हट्ने भएको छ। संघीय राजधानी प्रहरीअन्तर्गत काठमाडौं, भक्तपुर र ललितपुर रहने छन्।

नयाँ गठन हुने अर्गनाइजेसन म्यानेजमेन्ट (ओएन्डएम) पछि मात्र हुनेछ । ‘कुन निकायको प्रमुख कुन पदको हुने र काठमाडौंका परिसरहरू के हुने भन्ने ओएन्डएम पास भएपछि टुंगो लाग्छ,’ गृह मन्त्रालयका एक कर्मचारीले बताए।

Comment


Related News

Latest News

Trending News