अपडेट 
२०७७ आश्विन १२, सोमबार १७:३१

चिनियाँ पक्षले नेपाली भूभागमा भवन बनाएको भन्ने बारेमा स्थलगत अनुगमनमा नेपाली टोली गएर ललुङ्जोङमा निर्माण गरिएका सबै भवन चिनियाँ भूभागमै रहेको निष्कर्ष निकालेको छ ।

नाम्खा गाउँपालिकाको लाप्चा क्षेत्रको भवन निर्माण स्थलमा स्थलगत अनुगमन र दुबै देशका अधिकारीले दुई देशको नक्सा राखेर हेर्दा सो भवन चिनियाँ भूमिमै रहेको नेपाली टोलीले निष्कर्ष निकालेको हो । नेपाली टोलीका प्रमुख प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरिले ललुङ्जोङमा नेपाली र चिनियाँ अधिकारीले दुई देशका नक्सा हेर्दा भवन बनेको क्षेत्र चिनियाँ भूभागमा देखिएको बताए ।

११ नम्बर सीमा स्तम्भ पत्ता लाग्नु र सो उपलब्धि कै आधारमा टेकेर सो भवन चिनियाँ भूमिमै बनेको देखिएको गिरिको भनाई छ ।

Comment


Related News

Latest News

Trending News