अपडेट 
२०७७ आश्विन १३, मंगलवार १४:०७

नोवेल कोरोना भाइरस (कोभिड–१९) काे कारण सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन नगरेपछि साेका लागि उठाइएको परीक्षा शुल्क फिर्ता गर्न अभिभावकहरूले माग गरेका छन् ।

नेपाल अभिभावक महासंघले परीक्षा नै सञ्चालन नभएपछि सबै विद्यार्थीले तिरेको परीक्षा शुल्क फिर्ता गर्नुपर्ने बताएकाे छ । ४ लाख ८२ हजार ९ सय ८६ विद्यार्थीले जनही ५ सय रुपियाँ एसईई परिक्षाका लागि तिरेर फार्म भरेका थिए । जस अनुसार २४ करोड १४ लाख ९३ हजार रुपियाँ राष्ट्रिय परीक्षा बोर्डले सबै विद्यार्थीसँग उठाएको देखिन्छ । चैतकाे पाँच गते सरकारले परीक्षा स्थगित गरेर एसईई परीक्षा नलिने र आन्तरिक मूल्यांकनको आधारमा नतिजा प्रकाशन गर्ने निर्णय जेठ २८ गते मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

सरकारले विद्यार्थीसँग एसईई प्रमाणपत्रको जनही २ सय ५० रुपियाँ लिनु र दिँदै नदिएकाे परीक्षाकाे शुल्क विद्यार्थीसँग लिएर फिर्ता नदिनु न्यायोचित देखिन्दैन ।

Comment


Related News

Latest News

Trending News