अपडेट 
२०७७ आश्विन १३, मंगलवार १४:४०

नेपाली कांग्रेस सप्तरीका पूर्व सभापति एवम् प्रतिनिधि सभाका पूर्व सदस्य हरीप्रसाद रायको ८२ वर्षको उमेरमा निधन भएको छ।

उनकाे गएराति बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको उनका नाती रबी रायले जानकारी दिए । मृगौला, मुटु र अल्सर रोगबाट पीडित रायकाे केही समय यता स्वास्थ्यमा समस्या बढेकाे थियाे । सप्तरीको डाक्नेश्वरी नपा–३ तरही घर भएका उनी २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट सप्तरीको निर्वाचन क्षेत्र- ३ बाट निर्वाचित भएका थिए। राजविराज नगरपालिकासमेत रहेको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभामा निर्वाचित हुँदा ११ हजार २ सय ५१ मत ल्याएका उनले २०१५ सालमा कांग्रेसको सदस्यता प्राप्त गरेका थिए। उनी २०३६ र २०४५ सालमा कांग्रेस सप्तरीको जिल्ला अध्यक्ष रहेर जिवन कालमा धेरै जेल जिवन बिताएका थिए ।

रायको शवलाई उनका जेठा छोरा विजयकुमार रायले असाेज १२ गते दागबत्ती दिएर गाउँमै अन्त्येष्टि गरेका छन्।

Comment


Related News

Latest News

Trending News