अपडेट 
२०७७ आश्विन १३, मंगलवार १६:२२

एउटै प्रकृतिका दुई वटा सहकारीमा आउँदो कात्तिक १ गतेबाट सदस्य बन्न नपाइने भएको छ।

सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्थानुसार कात्तिक १ गतेदेखि दोहोरो सदस्यता अन्त्य गर्नु पर्ने बताएकाे हो। सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ (क) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य बन्न नपाउने व्यवस्था रहेको छ। सो ऐन प्रारम्भ हुनुअघि एकभन्दा बढी संस्थाको सदस्य रहे तीन वर्षभित्र एक संस्थाको मात्रै सदस्यता कायम गर्न व्यवस्था गरिएको छ जुन २०७४ कात्तिक १ गतेदेखि सुरु भएर असोज मसान्तमा तीन वर्ष पूरा हुने हुँदा पुराना सदस्यहरु पनि दोहोरो सदस्य बस्न नपाउने भएकाे छ । विभागले सबै सहकारीलाई दोहोरो सदस्यता भए सम्बन्धित शेयर सदस्यलाई जानकारी गराएर एउटा सहकारी चयन गर्न आवश्यक प्रक्रिया मिलाउन निर्देशनसमेत दिएकाे छ।

सहकारीको निर्देशन अटेर गरेमा कानूनी सजाय अन्तर्गत २ लाख रुपियाँ सम्म जरिवाना हुने व्यवस्था रहेको छ।

Comment


Related News

Latest News

Trending News