अपडेट 
२०७७ आश्विन १३, मंगलवार १७:१६

धनुषाको सबैला नगरपालिका बस्ने शम्भु सदाको हिरासतमा मृत्यु भएको घटनाको अध्ययन गर्न संघीय सांसदको टोली जनकपुर आइपुगेको छ ।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको टोली असाेज १३ गते जनकपुर आइपुगेको हाे । सरोकारवालासँग छलफल सुरु गर्दै देशका विभिन्न हिरासतमा मृत्यु भएको घटनामा स्थलगत अध्ययन गर्न उक्त समितिले ६ सदस्यीय अध्ययन समिति गठन गरेको थियो । हिरासतभित्रै मृत्यु भएका शम्भु सदाकाे परिवारसँग छलफल गर्ने क्रममा मृतक सदाको घर पुगेर समितिका पदाधिकारीहरुले उनका आमा, श्रीमतिसहित छिमेकीसँग घटनाबारे जानकारी लिएको समितिका सदस्य एवं सांसद उमाशंकर अरगरियाले जानकारी दिए ।

सवारी ज्यान मुद्दामा पक्राउ गरिएका सबैला – १२ निवासी २३ वर्षीय शम्भु २७ जेठमा प्रहरी कार्यालयकै शौचालयभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । संसदीय अध्ययन समितिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद शेरबहादुर तामाङको संयोजकत्वमा जनता समाजवादी पार्टीका सांसद उमाशंकर अरगरिया, नेपाली कांग्रेसका पदमनारायण चौधरी र मीनबहादुर विश्वकर्मा, नेकपाका लालबहादुर थापा र समीमा हुसेन सदस्य रहेका छन् ।

असाेज १४ गते इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा प्रहरीको यातनाबाट मृत्यु भएका विजय राम र रौतहटमै हत्या भएका निरञ्जन रामको परिवार तथा सरोकारवालालाई भेटेर घटनाको अध्ययन गरिने अध्ययन समितिकाे याेजना रहेकाे छ ।

Comment


Related News

Latest News

Trending News