![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/07/gold.jpg)
साताको चौँथो कारोबार दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोालामा पाँच सय रुपैयाँले बढको हो भने चाँदी तोलामा पन्ध्र रुपैयाँले बढेको छ ।
बजारमा छापावाला सुन प्रतितोला ९४ हजार सात सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार दुई सय रुपैयाँ रहेको थियो । तेजावी सुन प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा किनबेच भइरहेको छ । चाँदी प्रतितोला एक हजार एक सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रतिऔंस एक हजार ८ सय ९१ डलर हाराहारीमा कारोबार भइरहेको छ ।