अपडेट 
२०७७ आश्विन १४, बुधबार १८:४८

जिल्ला प्रशासन कार्यालय सिराहामा बिचौलियाको काममा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

सेवाग्राहीलाई विभिन्न किसिमको हैरानी दिइरहेको अवस्थामा सादा पोशाकमा खटिएका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका-४ बस्ने २५ वर्षीय जितेन्द्र पासवान, सोही ठाउँका १९ वर्षीय राजु पासवान र सिरहा नगरपालिका २ का ३८ वर्षीय जितेन्द्र पासवान छन् ।

सरकारी कार्यालयमा सेवा प्रवाह सुचारु भएसँगै बिचौलियाले सर्वसाधारण सेवाग्राहीलाई दुःख दिने गरेको गुनासोको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरीको भनाइ छ । पक्राउ परेकाविरुद्व अभद्र व्यवहार शिर्षकमा मुद्दा दर्ता गरिएको सिराहाका प्रहरी प्रबक्ता शालिकराम पौडेलले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News