अपडेट 
२०७७ आश्विन १५, बिहीबार ०६:२०

प्रहरीको अपराध नियन्त्रण टोलिले असइ पदको लागि नक्कली परिक्षा लिई रहेको अवस्था २७ जनालाई पक्राउ गरेको छ ।

वीरगन्ज ५ कुम्हाल टोलस्थित रेल्वे रोडमा रहेको देव पार्टी प्यालेसमा असइ पदको लागि नक्कलि लोक सेवा आयोगको परिक्षा लिई रहेको अवस्थामा प्रहरीले छापामारी गरेको हो । परिक्षा लिई रहेकै अवस्था २१ जना परिक्षार्थि र ६ जना नकली प्रहरी अधिकृतलाई पक्राउ गरेको छ । बारा जिल्लाको जितपुरका अरबिन्द कुमार भार नक्कली प्रहरी निरीक्षक बनेर प्रहरीकै पोसाक लगाएर परिक्षा लिई रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकालाई लोक सेवा आयोगको कागज पत्रसहित जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । अपराध नियन्त्रण टोलिका प्रहरी नायब निरीक्षक प्रकास राउतले लोक सेवा आयोगको नक्कली परिक्षा नक्कली प्रहरी अधिकृत नै बनेर लिई रहेको अवस्था पक्राउ गरिएको बताएका छन् । उनले भने,‘देव पार्टी प्यालेसबाट केही नक्कली प्रहरी अधिकृत बनेर नक्कलि परिक्षा लिई तिनिहरुसँग लाखौ ठगी गर्ने बनाएर विद्यार्थीहरुको भबिष्यसँग खेलवाड गरि रहेको अवस्थामा रङ्गे हात पक्राउ गरेका छौँ ।’ उनीहरुलाई केही बेरमा सार्वजनिक गर्ने तयारी रहेको उनले बताए ।

बिगत एक महिनादेखि देव पार्टी प्यालेसका हल र अफिस कोठा लिई लोक सेवा आयोगको नक्कली लोग सेवा आयोगको कक्षा तयारी गरि रहेको थियो । पार्टी प्यालेसका संचालक पन्नालाल चौरसियालाई नक्कलि प्रहरी निरीक्षक अरबिन्द कुमार भारले आफ्नो प्रभावमा पारी नक्कली प्रहरी सहायक निरीक्षक पदको लागि कक्षा संचालन गरि विद्यार्थीहरुबाट लाखौ ठगि गर्ने योजना बनाएको खुलेको छ ।

Comment


Related News

Latest News

Trending News