अपडेट 
२०७७ आश्विन १५, बिहीबार ०६:२७

दशैं र छठ पर्वलाई लक्षित गरेर सरकारले भोलि आजबाट सुपथ मूल्य पसल खोल्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो र डिलर तथा घुम्ती सेवामार्फत सुपथ मूल्य पसल सुरु हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

अनलाइन अर्डरमार्फत पनि सुपथ मूल्य पसलका समान खरिद गर्न सकिने छ । सुपथ मूल्य पसलका सामग्री देशभरका ४९ ठाउँमा खोलिने मन्त्रालयले जनाएको छ । यस्तै दुग्ध विकास संस्थानले पनि आफ्ना सबै कार्यालय र बिक्री केन्द्रबाट सुपथ मूल्यमा दुग्धजन्य वस्तुको बिक्री गर्ने छ । नुन प्रतिकिलो १८ रुपैयाँका दरले खरिद गर्न सकिने छ तर प्रति परिवार ४ किलोका दरले मात्रै खरिद गर्न पाइने छ ।

यस्तै चिनी प्रतिकिलो ७० रुपैयाँमा खरिद गर्न सकिने छ प्रति परिवार ४ किलोका दर तोकिएको छ । सरकारले चामलमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिएको छ । खसी,बोका, च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ, दालमा प्रतिकिलो पाँच रुपैयाँ, सिमीमा प्रतिकिलो १० रुपैयाँ, फापरमा प्रतिकिलो पाँच रुपैयाँ र सेतो केराउमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएको मन्त्रालयले जनाएको छ । सुपथ पसल छठ पर्वको भोलिपल्टसम्म संचालन हुने विज्ञप्तिमा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News