अपडेट 
२०७७ आश्विन १५, बिहीबार ११:२१

रौतहट– ठगि काण्डमा २ आरोपित पक्राउ परेको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित होटल फास्ट ट्रयाक प्रा.लि को ठगि काण्डका २ आरोपित लाई बुधबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गौरले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा जिल्लाको माधबनारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा घर भई चन्द्रपुर वडा नम्बर ४ बस्ने ३६ बर्षिय राजिनन्द साह र साबिक राजपुर फरहदवा– २ घर भई चन्द्रपुर वडा नम्बर ५ निबासी ४२ बर्षिय राकेश कुमार रहेका छन् ।

उनीहरुलाई गत भदौ २९ गते जिल्ला अदालत गौरले पक्राउ पुर्जी जारी गरेको थियो । ठगि र आपराधिक बिश्वासघात सम्बन्धि कसुर मुद्धामा ती दुबै पक्राउ परेका हुन् । होटल फास्ट ट्रयाक प्रा.लि को अध्यक्ष सुनरपतिया देबीले अदालतमा जाहेरी दिएकी थिइन । नेपाल सरकार वादी रहेको उक्त मुद्धामा दुबैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गौरका एसपी सिद्धी बिक्रम शाहले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News