अपडेट 
२०७७ आश्विन १५, बिहीबार ११:३२

साताको पाँचौ कारोबार दिन बिहीबार सुनको मूल्य घटेको छ । बिहीबार तोलामा दुई सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुन प्रतितोला ९४ हजार सात सय रुपैयाँमा किनबेच भइरहेको छ । तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार एक सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार ८ सय ९३ डलरमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News