अपडेट 
२०७७ आश्विन १५, बिहीबार ११:३७

वीरगञ्जको नारायणी प्रयोगशालामा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार राति ९६ जनाको स्वाब परीक्षण गर्दा ३० जनामा संक्रमण देखिएको हो ।

नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश कुमार चौरसियाका अनुसार पर्सामा २४ जना, बाराका तीन जना, रौतहटका दुई जना र सर्लाहीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमा १० जना महिला र २० जना पुरूष रहेका छन् । संक्रमण देखिनेमा ९ वर्षदेखि ६९ वर्ष समूहका रहेका छन् । पर्सामा थपिएका संक्रमित मध्ये वीरगञ्ज महानगरपालिकाका २४ जना पुरूष रहेका हुन् । वीरगन्जको वडा नम्बर १३ र १४ मा ४/४ जना, वडा नम्बर २ र १६ मा २/२ जना संक्रमित थपिएका छन् । वीरगञ्जकै वडा नम्बर ४, ११, १२, १५, १९ र २४ मा एक/एक जनामा संक्रमण पुष्टि भएको छ भने ६ जना संक्रमित अन्य वडाका बासिन्दा रहेका हुन् ।

यस्तै बाराको कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका र पर्सौनी गाउँपालिकामा एक एक जनामा संक्रमण देखिएको छ । रौतहटको कटहरियाका र फतुवा विजयपुर नगरपालिका एक/एक जना संक्रमित पुष्टि भएको छ । त्यसैगरी रौतहटको बस्बरिया गाउँपालिकामा एक जना संक्रमित थपिएको छ ।

रौतहटका एकजना कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ । यसैबीच रौतहटको ईशनाथ नगरपालिका–४ बस्ने ७४ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको छ । नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल (बाबा होटल आइसोलेसन)मा उपचारको क्रममा बिहीबार बिहान ८ः२५ मा मृत्यु भएको मेडिकल कलेजका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसैनले जानकारी दिनुभयो ।

डाक्टर हुसैनका अनुसार उनी मुटु रोगीसमेत थिए । असोज ९ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कोरोना अस्पतालमा उपचारका लागि लगिएको थियो । बिरामी भएर नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका उनको आसोज ८ गते पीसीआरका लागि स्वाब नमुना संकलन गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News