अपडेट 
२०७७ आश्विन १५, बिहीबार १४:४८

महोत्तरीको भङ्गहा नगरपालिका वडा नम्बर–९ स्थित मुसहरी टोलकी एक दलित महिलालाई राती करिव ९ बजेको समयमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सोही वडाका वडासचिव मिथिलेश यादवलाई पक्राउ गरिएको छ ।


जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीले बजारबाट घर गइरहेको अवस्थामा महिलालाई बुधबार राति बलात्कारको प्रयास गरेको कुरा बाहिरिएको जानकारी दिए । उनले सो महिलाको बलात्कार भएको÷नभएको पुष्टि मेडिकल परिक्षण पछि मात्रै हुने बताए । महिलाले दिएको बयान र जाहेरीको आधारमा वडासचिव यादवलाई पक्राउ गरि हिरासतमा राखिएको उपरिक्षक केसीले जानकारी दिए । स्थानीयका अनुसार सचिव यादव राती अत्याधिक मदिरा सेवन गरेका थिए ।

Comment


Related News

Latest News

Trending News