अपडेट 
२०७७ आश्विन १६, शुक्रबार ०६:२३

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

निगमले बिहीबार मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य १–१ रुपैयाँले घटाएको हो । मूल्य घटेपछि डिजेल र मट्टीतेलको मूल्य ८९–८९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । पेट्रोल र ग्यासको मूल्य भने यथावत् छ । भारतीय आयल निगमबाट डिजेलको मूल्य घटेर आएकाले नेपालमा पनि भाउ घटाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

भारतबाट प्राप्त मूल्यसूचीअनुसार पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको मूल्य बढेको छ ।

Comment


Related News

Latest News

Trending News